जनस्वास्थ्य सरोकार, काठमाडौँ । नीजी अस्पताल एवं प्रयोगशालाहरुले कोभिड-१९ को पीसीआर परीक्षण शुल्क आफुखुशी निर्धारण गरेका छन ।
नीजी प्रयोगशाला सञ्चालकहरुको वैठकले पीसीआर शुल्क ४ हजार ४०० बाट ५ सय १ रुपियाँ घटाएर ३ हजार ८ सय ९९ रुपियाँ लिने निर्णय गरेका छन् । तर सरकारले भने पीसीआर परीक्षण शुल्क २ हजार लिने निर्णय गरेको छ ।
सुरुमा सरकारले पीसीआर परीक्षणका लागि ५ हजार ५०० शुल्क निर्धारण गरेकोमा त्यसलाई घटाएर ४ हजार ४०० मा झारेको थियो । त्यसपछि पुनः घटाएर २ हजार रुपियाँ निर्धारण गरेको थियो । तर यो शुल्कबाट कुनै हालतमा लागत धानिन नसक्ने भएकाले नीजी प्रयोगशालाहरुले ४ हजार ४ सय रुपिया नै लिँदै आएका थिए ।
आइतबार वेलुका संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै शुल्क तय गरिएको र ३,८९९ रुपियाँ भन्दा कममा पीसीआर जाँच गर्न नसक्ने उनीहरुले बताएका छन ।शुल्कको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग छलफल भइरहेको स्टार अस्पतालका मेडिकल डाइरेक्टर डा. शैल रुपाखेति बताउनुभयो । उहाँले भन्नुभयो- 'हामी प्रयोगशालाहरुले मन्त्रालयसंगको छलफलबाट ठोस निष्कर्ष नआएसम्मका लागि ३८९९ रुपियाँमा परीक्षण जारी राख्ने निर्णय गरेको जानकारी गराउन चाहान्छौँ ।'
प्रकाशित मिति: सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

