जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुर नगरपालीकाले आफ्ना कोरोना संक्रमित नागरिकहरुको उपचार र संक्रमण नियन्त्रणकालागि ७५ शैय्याको छुट्टै आइसोलेसन सेन्टर स्थापना गरेको छ ।
नगरपालीकाले ब्रह्मायनीमा निर्माण गरेको बहुउदेश्यीय भवनमा ७५ शैय्याको आइसोलेसन केन्द्र सञ्चालन गरिएको नगरपालीका प्रमुख सुनिल प्रजापतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले १० जना संक्रमितको उपचार भइरहेको छ भने बिरामी थपिने क्रम जारी छ । नगरपालीकाले यसअघि संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको आइसोलेसन र भक्तपुर अस्पताललमा उपचारका लागि पठाउदै आएको थियो ।
‘कोरोना संक्रमण नियन्त्रण गर्ने हाम्रो प्रयास जारी छ ।’ नगरप्रमुख प्रजापती भन्नुहुन्छ – ‘अब पहिला जस्तो अवस्था रहेन, पहिला केहि व्यक्तिहरुमा फाट्ट फुट्ट संक्रमण देखिएको थियो तर अहिले समुदायमा कोरोना फैलिसकेको छ । सिङ्गो परिवार नै संक्रमित भएका छन ।’सधँैभरि खरिपाटी आइसोलेसन र भक्तपुर अस्पतालको भर परेर बस्ने अवस्था नरहेको उहाँको भनाई छ । ‘त्यहाँ ठाउँ नहुने अवस्था आइसक्यो, त्यसैले हामीले हाम्रा नागरिक राख्न आफैले आइसोलेसन सेन्टर तयार पारेका हौँ ’ -उहाँले भन्नुभयो । आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरु ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतीलाई राख्ने कक्ष र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी एवं सुरक्षाकर्मी बस्ने गरी तयारी गरिएको आइसोलेसन व्यवस्थापन समितिका संयोजक रविन्द्र ज्याख्वाले जानकारी दिनुभयो । नगरपालिकाले आइसोलेसन केन्द्रमा बस्ने सङ्क्रमितका लागि आवश्यक लत्ताकपडाबाहेक अन्य सुविधा नगरपालिकाले व्यवस्था गरेको छ । प्रत्येक सङ्क्रमितका लागि अलग्गै पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जका लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नका लागि किताब, पत्रपत्रिका सहितको ¥याक व्यवस्था गरिएको संयोजक ज्याख्वा बताउनुभयो ।
सङ्क्रमितलाई सूचना प्रवाहका लागि माइकिङ र अलगअलग फोनको व्यवस्था, प्रत्येकका लागि छुट्टाछुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको व्यवस्था गरिएको छ भने दैनिक चार छाक खाना र खाजा खुवाइने व्यवस्था गरिएको छ । अत्यावश्यक अवस्थामा विरामीका लागि अक्सिजनको व्यवस्था गरिएको छ ।आइसोलेसनमा बस्ने नागरिकलाई नगरपालिकाले निःशुल्क सेवा दिने भएको छ । नगरप्रमुख प्रजापतिले भन्नुभयो-'होम आइसोलेसनमा राख्दा झन परिवार नै सङ्क्रमित हुने जोखिम बढ्यो, त्यसैले आइसोलेसन केन्द्रको व्यवस्था गरेका हौँ, यहाँ बस्ने सङ्क्रमितलाई निःशुल्क सेवा दिन्छौँ, नगरवासीको करबाट उठेको रकम उनीहरुकै लागि खर्च गछौँ ।'
प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
रिपोर्ट विशेष
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२ट्रेन्डिङ
