जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं उपत्यकामा आज एकै दिन ९०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालय प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ६९७ जना, ललितपुरका ११२ जना र भक्तपुरका ९३ जनमा संक्रमण पुष्टि भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।
आज थप १०५७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयको प्रवक्ता प्रा. डा. गौतमले जानकारी दिनुभयो ।
वितेको २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९८ पुगेको छ ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

