जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) संक्रमणबाट बुटवल र धरानमा थप एक/एक जनाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इटहरी ६ का ५६ वर्षिय पुरुषको मृत्यु उपचारको क्रममा राती ९ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतकमा अन्य दीर्घ रोग देखिएको थिएन तर ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भने देखिएको थियो ।
त्यस्तै बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताललमा उपचाररत बुटवल उपमहानगरपालिका ८ का ८० वर्षिय बृद्धको मृत्यु भएको छ । असोज १२ गते संक्रमण देखिएपछि होम आइसोलेसनमा बसिरहेका बृद्धलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएपछि असोज १४ गते विहान अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा गएराती ११ः३० बजे मृत्यु भएको अस्पतालको सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

