जनस्वास्थ्य सरोकार, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार अस्पतालका ५२ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको अस्पतालका निमित्त निर्देशक डा. अनुप मंगल समाल जानकारी दिनुभयो ।
यस्तै बुधबार नै गरिएको परीक्षणमा भर्ना भएका पाँच जना बिरामीमा पनि कोराना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
ठूलो संख्यामा एकैपटक स्वास्थ्यकर्मी र बिरामी संक्रमित भएपछि प्रतिष्ठानले अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चित कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालका निमित्त निर्देशक डा. समालको भनाइ अनुसार सर्जरी, अर्थो र एनेस्थेसिया विभागमा कार्यरत डाक्टर, नर्स र प्यारामेडिक्सहरुलाई संक्रमण देखिएको छ । अबको पाँच दिन पछि अस्पतालका बाँकी स्टाफ र बिरामीहरुको पनि पीसीआर जाँच गरिने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

