जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता, सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
सांसद थापाले ट्वीट गर्दै आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । गत विहीबार सानेपास्थित पार्टी कार्यालयमा नमूना लिई पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उहाँले स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको समेत जानकारी गराउनुभएको छ ।
सांसद थापाले ट्वीटरमा लेख्नुभएको छ-'असोज १५ गते पार्टी कार्यालयमा भएको पीसीआर परीक्षणमा मलाई कोभिड संक्रमण देखिएको जानकारी पाएँ । मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।'
प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

