जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको धुम्वराहीस्थित ह्याम्स अस्पतालको आईसियू कक्षमा उपचार भइरहेको छ ।
गत असोज १३ गते उहाँमा कोरोना पुष्टि भएको थियो । शुरुमा ढकाल होम आइसोलेसनमा बस्नुभएको थियो । स्वास्थ्यमा समस्या आएपछि गत बिहीबार ह्याम्स अस्पतालमा आउनुभएका ढकाल शुक्रबार डिस्चार्ज हुनुभएको थियो ।
डिस्चार्ज भएको दुईदिनपछि पुनः श्वासप्रश्वासमा समस्या आएपछि ढकाललालई आईतबार ह्याम्सको आईसियू कक्षमा भर्ना गरिएको छ । ढकालको उपचारमा वरिष्ठ क्रिटिकल केयर विशेषज्ञ डा.हेम पनेरुलगायतका चिकित्सकहरुको संलग्नता रहेको छ । हाल उहाँको स्वास्थ्यवस्था सामान्य हुँदै गएको डा. पनेरुले जानकारी गराउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

