जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार २ जिल्ला कास्कीका २६ र नवलपरासीका १ जना छन् ।
कास्की जिल्ला पोखरा महानगरपालिका(१४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् । पोखरा महानगरपालिका(१४ का २२ बर्षीय पुरुष दुबईबाट र वार्ड नं १३ का ३६ बर्षीय महिला, वार्ड नं १९ का ५५ बर्षीय पुरुष , वार्ड नं १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् । पोखरा महानगरपालिका(१२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य बिकाश निर्देशानलय पोखरामा कार्यरत चिकित्सक हुन् ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २०२ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

