जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा आज एकैदिन १५३१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ११७८ जना, भक्तपुरमा १०३ जना र ललितपुरमा २५० जना थपिएका हुन ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।
प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

