जनस्वास्थ्य सरोकार, काठमाडौँ । हेपाटाइटिस सी भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिकले यो वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन्।
पुरस्कार पाउनेमा ब्रिटिश वैज्ञानिक माइकल हटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइस रहेका छन ।
नोबेल पुरस्कार समितिले उक्त आविष्कारले लाखौँ मानिसको ज्यान जोगाउन सघाएको बताएको छ। हेपटाइटिस सी भाइरसले कलेजो क्यान्सर गराउँछ । यो नै कलेजो प्रत्यारोपण गर्नुपर्ने एउटा प्रमुख कारण हो।
संसारभर यो भाइरसबाट सात करोड मानिस सङ्क्रमित भएका छन्। नोबेल समितिले उक्त अनुसन्धानका कारण भाइरसलाई पहिचान गर्न अनि अलग्ग्याउन सकिएकाले ती वैज्ञानिकहरूले दशौँ लाख मानिसको ज्यान जोगाएको उल्लेख गरेको छ।
त्यसरी भाइरसलाई अलग्ग्याउन सकिएपछि विश्वभरि सङ्कलित रगतको परीक्षण गरेर हेपाटाइटीस सी को सम्भावित सङ्क्रमण रोक्न सम्भव भएको उसको भनाइ छ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

