जनस्वास्थ्य सरोकार, काठमाडौँ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा कोरोना सङ्क्रणबाट थप एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा. आशिस श्रेष्ठले जानकारी दिनुभयो ।
मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।
हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।
त्यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।
उनलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उनलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

