जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा हालसम्मकै उच्च ३ हजार ४३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १४ हजार २०९ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म ११ लाख १३ हजार ४८५ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ११२६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ६८ हजार ६६८ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त हुने दर ७२.९ प्रतिशत रहेको छ ।प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । ति मध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने १४ हजार ४११ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार १६४ जना क्वारेन्टीनमा रहेका छन ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ


