जनस्वास्थ्य सरोकार, काठमाडौँ । चितवनस्थित भरतपुर अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड १९ संक्रमित बिरामीको सफल उपचार गरेको छ ।
भरतपुर महानगरपालिका १२ का ५१ वर्षिय पुरुषको प्लाज्मा थेरापी बिधिबाट सफल उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर फिजिसियन डा. कल्यााण सापकोटाले जानकारी दिनुभयो ।
गत भदौँ ३० गते कोरोना पोजेटिभ भई अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उनलाई यहि असोज ७ गते देखि प्लाज्मा थेरापी बिधिबाट उपचार सुरु गरिएको डा. सापकोटाले बताउनुभयो । उहाँका अनुसार संक्रमित पुरुषलाई १५ दिन आइसियु र ४ दिन वार्डमा उपचार गरिएको थियो । उनी अहिले संक्रमण मुक्त भई घर फर्किएका छन ।प्लाज्मा थेरापी बिधिबाट कोरोना संक्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितीका पदाधिकारीमा थप उत्साह र हौसाला थपिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

