[caption id="attachment_30203" align="alignleft" width="1011"]
फाइल फोटो[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले अन्तत अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । डा. केसीसँग वार्ता गर्न सरकारले तिन सदस्यीय टोली समेत गठन गरेको छ । मङ्गलबार सरकारको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको टोलीले डा. केसीलाई भेटेर अनशन त्याग्न आग्रह गर्दा उहाँले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा सहितको वार्ता टोली गठन भएको छ ।सरकारी वार्ता टोली र प्रा. डा. गोविन्द केसी पक्षबिच आज वार्ता हुने भएको छ । डा. केसीको पक्षबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा, डा. अञ्जनीकुमार झा, डा. लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी हुने स्रोतले जनाएको छ । सरकारी बार्ता टोलीका एक जना सदस्यले साढे १० बजे पछि शिक्षा मन्त्रालयमा बार्ता हुने तय भएको जानकारी दिनुभयो । डा. केसी अनसन बसेको २४ औँं दिनमा हिजो मात्र सरकारले वार्ता टोली बनाएको हो । डा. केसीको यो १९ औँ अनसन हो।
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ