जनस्वास्थ्य सरोकार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार आफ्नो फेसबुकमार्फत आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिनुभएको हो ।
मन्त्री भट्टराईले गत सोमबार गरेको कोरोना परीक्षणको रिपोर्ट नेगेटीभ आएको थियो । तर शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरो आएपछि शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको जानकारी दिनुभयो ।
मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनै समस्या देखिएको छैन । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह समेत गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

