जनस्वास्थ्य सरोकार, सप्तरी । सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गर्नुभएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो । अहिले उहाँको अवस्था समान्य रहेको छ ।
प्रदेशसभा सदस्य यादवसहित रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मचारीसहित राजविराजका ९ जना सङ्क्रमित भएका छन् ।
यो सहित जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ४०१ जना पुगेको स्वास्थ्य कार्यालयले दिएको जानकारी दिएको छ । ति मध्ये १ हजार ११२ जना संक्रमण मुक्त भइसकेका छन । हालसम्म जिल्लामा ३ महिलासहित २१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

