जनस्वास्थ्य सरोकार, काठमाडौँ । लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ ।
मंगलबार सूचना प्रकाशन गर्दै अस्पताल प्रशासनले आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरेको जनाएको छ ।
चिकित्सकसँगै अस्पतालका अन्य केही कर्मचारीमासमेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले रिपोर्ट नआउँदासम्म सबै सेवा बन्द गर्ने निर्णय भएको अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
अस्पताल प्रशासनले आकस्मिक कक्षलाई निर्मलीकरण गरेर १२ घण्टापछि सेवा सुरु गर्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
काठमाडौंमा स्तन क्यान्सर सचेतना र्याली, ७०० भन्दा बढीको सहभागिता
आइतबार, असोज २५, २०८३
वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त
आइतबार, असोज २५, २०८३
मिर्गौलाको पत्थरीबाट हैरान हुनुहुन्छ ? जान्नुहोस् ध्यान दिनुपर्ने ५ खानेकुरा
आइतबार, असोज २५, २०८३
नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सर बिरामीको उपचार
आइतबार, असोज २५, २०८३ट्रेन्डिङ
५

