जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना संक्रमित वृद्धको मंगलबार बिहान मृत्यु भएको छ।
मोरङ बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय वृद्धको बिहान २ः१५ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बृद्धको गत असोज २४ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। रिपोर्ट पोजिटिभ आएको भोलिपल्ट आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बस्नेतले बताउनुभयो ।
उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार वृद्धमा दमको समस्या थियो। अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि सोमबार साँझबाट भेन्टिलेटरमा राखिएको उहाँको भनाइ छ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

