जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीरगंज महानगरपालिका २ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा गर्ने विन्दवासिनी गाउँपालिका-३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
तेलीले डाक्टर शिवशंकर (डा. एस.एस.यादब ) को नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

