जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३ करोड ८३ लाख नाघेको छ । बुधबार बिहान ११ बजे सम्म विश्वभरीमा ३ करोड ८३ लाख ६३ हजार ७०५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने १० लाख ९० हजार ८११ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ ।
सङ्क्रमितमध्ये हालसम्म दुई करोड ८८ लाख ५० हजार २३५ व्यक्ति कोरोना मुक्त भएका छन् ।हाल विश्वभरमा ८४ लाख २२ हजार ६५९ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६९ हजार ९७७ जनाको अवस्था गम्भीर रहेको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८० लाख ९० हजार २५३ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २० हजार ८७३ पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ७२ लाख ३९ हजार ३८९ जना सङ्क्रमित भएका छन् भने १ लाख १० हजार ६१७ जनाको मृत्यु भएको छ ।
त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५१ लाख १४ हजार ८२३ जना सङ्क्रमित भएका छन् भने एक लाख ५१ हजार ६३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

