जनस्वास्थ्य सरोकार, रामेछाप । रामेछाप जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नगरपालिका कार्यलय ५ दिनका लागि बन्द गरिएको छ ।
नगरपालिकामा कार्यरत दुई, नेपाल विद्युत् प्राधिकरणका एक, राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी, दुई व्यवसायी, तामाकोशी बोर्डिङ्ग स्कूलका एक र प्राथमिक स्वास्थ्य केन्द्रका एकसहित एकैदिन १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको नगरप्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो ।
नगरपालिकाले असोज २८ देखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख बस्नेतले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाबाट प्रवाह हुने स्वास्थ्य, विपद् र फोहोर व्यवस्थापन जस्ता अत्यावश्यक सेवा भने चल्ने छन् ।केही दिनयता मन्थली बजारमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि नगरपालिकामा कोरोना सङ्क्रमण उच्च बन्दै गएको उहाँको भनाई छ । मन्थली बजार क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढे पनि दिनप्रतिदिन भीड बढने क्रम घटेको छैन । नागरिकले मास्क प्रयोग र सामाजिक दूरी कायम नगर्नु सङ्क्रमण बढ्नाको मुख्य कारण भएको उहाँको दाबी छ । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ३७ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय २६ जनामा गरी २ सय ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा आजसम्म २ हजार ७१ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १८ सय २२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ३७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
अझै १ सय १२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ७० जनाको उपचार भईरहेको छ ।कोरोना भाइरसबाट आउन सक्ने जोखिमलाई ध्यानमा राखी जिल्लामा अहिलेसम्म १०८ शय्याको आइसोलेशन कक्ष र ४९० शय्याको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ३३ जना क्वारेन्टिनमा जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३३ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र ३० जना पुरुष गरी ३३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । गोकुलगंगा गाउँपालिकामा २३ जना र लिखु तामाकोशी गाउँपालिकामा ७ जना गरी जिल्लाभर ३० जना क्वारेन्टिनमा रहेका छन् ।रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् ।
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

