जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १६ हजार ५९८ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १२ लाख ३७ हजार ६३६ जनाको पीसीआर परीक्षण भएको छ । आज थप ३५६४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ८४ हजार ५७५ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ६९.४ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ । ति मध्ये १२ हजार ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २४ हजार १९४ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ८२५ जना क्वारेन्टीनमा रहेका छन ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

