जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ११ लाख बढीले ज्यान गुमाएका छन् । वोर्ल्डोमिटरले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर कोरोना संक्रमणबाट ११ लाख २ सय ९ सय बढीको मृत्यु भएको छ ।
यस्तै, विश्वभर कोरोना संक्रमितको संख्या झन्डै ४ करोड पुग्न लागेको छ । पछिल्लो अध्यावधिक विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९१ लाख ३ सय ६० छ ।
संक्रमण देखिएकामध्ये ११ लाख बढीको ज्यान गएको छ भने २ करोड ९३ लाख बढी संक्रमण मुक्त भएका छन् । विश्वभर हाल ८६ लाख ८८ हजार बढी सक्रिय संक्रमित रहेका जनाइएको छ ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख २२ हजार ७ सय नाघेको छ ।
अमेरिकामा हालसम्म ८२ लाख १६ हजार ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्येका ५३ लाख २० हजार संक्रमण मुक्त भएका छन् ।
अमेरिका पछि कोरोनाबाट सबैभन्दा बढी प्रभावित दक्षिण एसियाली मुलुक भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार नाघेको छ । कोरोनाका कारण भारतमा १ लाख १२ हजार बढीको मृत्यु भइसकेको छ ।
यस्तै, ब्राजिलमा कोरोना संक्रमितको संख्या ५१ लाख ७० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १ लाख ५२ हजार नाघेको छ ।
ब्राजिल पछि रसिया (रुस)मा कोरोना संक्रमितको संख्या १३ लाख ५४ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट २३ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

