जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा सहज रुपमा खरीद गरी प्रयोग गर्न सकिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधि सहज व्यवस्थापनसम्बन्धि सूचना जारी गर्दै सो औषधि कोभिड १९ उपचार गर्ने अस्पतालहरुले बिरामीहरुका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्यवस्था विभागबाट आयात तथा बिक्री विरतण अनुमति पाएका यति फर्माकेम डिस्ट्रिव्युटर्स प्रा.लि. ललितपुर , सिनर्जी ओभरसिज प्रा.लि. काठमाडौं, भेभिस लाइफ साइन्स प्रा.लि. काठमाडौंबाट खरीद गरी प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।
यो औषधि अनुमति प्राप्त आयातकर्ता, फर्म र र्फार्मेसीहरुबाट सम्बन्धि अस्पताल र व्यक्तिहरुले सहज रुपमा खरीद गरी प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनामा रेम्डेसिभिर औषधि आवश्यक परेका अस्पताल एवं सम्बन्धित व्यक्तिहरुले यति फर्माकेम डिस्ट्रिव्युटर्स प्रा.लिका आयातकर्ता प्रतिनिधि प्रभूराज वैद्य ९८५१०३३०३२, सिनर्जी ओभरसिज प्रा.लि. का आयातकर्ता प्रतिनिधि मधु पौडेल ९८५१०३०९४९, भेभिस लाइफ साइन्स प्रा.लि.काठमाडौंका आयातकर्ता प्रतिनिधि विजय अग्रवाल ९८५१०२१५२८ मा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ को उपचारका लागि कुनैपनि औषधि नभएको सन्दर्भमा नेपालले पनि अनुसन्धानात्मक प्रयोजनका लागि रम्डेसिभिर नामक औषधि प्रयोगमा ल्याएको छ ।यस अघि नेपालमा प्रयोग गरिँदै आएको यी औषधिहरु नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, औषधि व्यवस्था विभागका निवर्तमान महानिर्देशक नारायण ढकाल, स्वास्थ्य मन्त्रालयका डा. गुणराज लोहनीलगायतका व्यक्ति र संस्थाहरुको सिफारिसमा बन्द गरिएको थियो । तर चौतर्फी रुपमा विरोध आएपछि मन्त्रालयले रेम्डेसिभिर औषधि सहज आयात र प्रयोगका लागि खुला गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ


