जनस्वास्थ्य सरोकार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सांसद जनार्दन शर्माले दसैं भत्ताको रकमले भेन्टिलेटर किन्नुपर्ने बताउनुभएको छ ।
सांसदहरूले संघीय संसदको कानुनविपरीत दसैं भत्ता लिएपछि कोरोना महामारीका बेला सांसदलाई भत्ता दिनुभन्दा भेन्टिलेटर किन्नुपर्ने प्रस्ताव राख्नुभएको हो ।
‘कोरोना महामारी हाम्रो मुख्य समस्या हो। यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं,’-शर्माले फेसबुकमा लेख्नुभएको छ -‘दसैं भत्ता स्वरूप आएको रकम कालिकोटका पूर्वजनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु।’
यस्तै नेकपा सांसद भीम रावलले पनि दसैं भत्ता रकम आफ्नो खाताबाट कट्टी गर्न माग गर्नुभएको छ । नेकपा प्रवक्तासमेत रहेका राष्ट्रियसभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको तलबभत्ता नलिने यसअघि नै घोषणा गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

