जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफ्रिङमा जानकारी दिएको छ ।
वितेको २४ घण्टामा देशभरका विभिन्न ल्यावबाट १४ हजार ८७५ जनाको पीसीआर जाँच गरिएको छ । हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण भएको छ । आज थप २३२६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या ९२ हजार १६६ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनासक्रमण मुक्त हुने दर ६९.७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ । ति मध्ये १२ हजार ३३ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २६ हजार ४०८ जना होम आइसोलेसनमा रहेका छन । हाल देशभर ४ हजार ८३१ जना क्वारेन्टीनमा रहेका छन ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
क्लिनिकमा नाम राख्दा सचेत बनौंः चिकित्सकलाई काउन्सिलको आग्रह
बुधबार, चैत ११, २०८२
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२ट्रेन्डिङ
