जनस्वास्थ्य सरोकार, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ। सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका २० का ७८ वर्षीय पुरुषको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
आज बिहान ३ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार असोज १९ गते अस्पताल भर्ना भएका उनमा एक दिन अघि कोभिड १९ पुष्टि भएको थियो।
उपचारकै क्रममा कार्तिक १ गते परीक्षण गर्दा परिणाम पोजेटिभ नै देखाएको थियो। उनको शवको व्यवस्थापन नियमअनुसार हुँदैछ।
यस अस्पतालमा अहिलेसम्म कोभिड १९ संक्रमणबाट ६३ जनाको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

