जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड २ लाख नाघेको छ । सोमबार बिहान ११ बजे सम्म विश्वभरीमा ४ करोड २ लाख ८१ हजार ७४१ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् भने ११ लाख १८ हजार ३२८ जनाको मृत्यु भएको वर्ल्डोमीटरले जनाएको छ ।
सङ्क्रमितमध्ये हालसम्म ३ करोड ११ लाख ६ हजार ६७६ जना कोरोना मुक्त भएका छन् । हाल विश्वभरमा ९० लाख ८६ हजार ७३७ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ७१ हजार ९९५ जनाको अवस्था गम्भीर रहेको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
पछिल्लो विवरण अनुसार अमेरिकामा कुल सङ्क्रमितको संख्या ८३ लाख ८७ हजार ७९९ पुगेको छ । त्यसैगरी यहाँ कुल मृतकको संख्या २ लाख २४ हजार ७३० पुगेको छ ।
दोस्रो धेरै प्रभावित भएको भारतमा ७५ लाख ५० हजार २७३ जना सङ्क्रमित भएका छन् भने १ लाख १४ हजार ६४२ जनाको मृत्यु भएको छ ।
त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५२ लाख ३५ हजार ३४४ जना सङ्क्रमित भएका छन् भने एक लाख ५३ हजार ९०५ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

