जनस्वास्थ्य सरोकार, काठमाडौँ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोराना संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेट जाँदा मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार ती महिलालाई सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको थियो । त्यस क्रममा कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा. गौतमका अनुसार ती महिलामा मधुमेहको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

