जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले मुलुकभर रहेका आफ्ना औषधि व्यवसायी साथीहरुसँग कोभिड—१९ सँग सम्बन्धित रहेर ‘हेल्थ एण्ड सेफ्टी इन द फार्मेसी’ शीर्षकमा वेभनार मिटिङ सम्पन्न गरेको छ ।
काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले सञ्चालन गरेको सो वेभनार मिटिङमा फर्मा मार्केटिङ सोलुसनका डाइरेक्टर आकाश रौनियार मुख्य वक्ताका रुपमा हुनुहुन्थ्यो ।
सो अवसरमा कोभिड—१९ को महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने औषधि व्यवसायीहरुले सुरक्षित रहेर सेवाग्राहीलाई कसरी सुरक्षाका साथ सेवा उपलब्ध गराउने ? कोभिड—१९ बारे मिथ्या र सत्य के हो ? लगायतका प्रश्नमा छलफल गरिएको थियो ।
सो अवसरमा औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कोभिड—१९ बारे विशेष गराउनुभएको थियो भने केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ, उपाध्यक्ष (थोक) सुनिल श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, बाग्मती अञ्चल शाखा अध्यक्ष ध्रुब नारायण श्रेष्ठले कोभिड—१९ को यो महामारीमा व्यवसायीहरुले उपभोक्ताहरुलाई सेवा प्रदान गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
सो अवसरमा काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले कार्यक्रममा अमुल्य समय दिएकोमा सहभागी सम्पूर्ण व्यवसायीहरुलाई धन्यावद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो । हाल मुलुकभर रहेका २१ हजार भन्दा बढी औषधि व्यवसायीहरुले देशका विभिन्न ठाउँमा छरिएर औषधि सेवा उपलब्ध गराइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३
सपनाले पत्ता लगायो क्यान्सर
सोमबार, वैशाख ७, २०८३ट्रेन्डिङ







