जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुलुकमा मंगलबार ५७० जनामा कोरोना पुष्टि हुँदा ३१६८ जनाले कोरोना जितेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा मंगलबार थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मंगलबार थप ३१६८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८४३ पुगेको मन्त्रालयको प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।प्रा. डा. गौतमका अनुसार वितेको २४ घण्टामा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ । ति मध्ये ४६ हजार ५७ जना आइसोलेसनमा रहेका छन् । हाल देशभर २ हजार ९३२ जना क्वारेन्टीनमा रहेका छन् ।
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा देशभर रहेका ६२ वटा भन्दा बढी ल्यावबाट २ हजार ७२५ जनाको पीसीआर जाँच गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ



