जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ४७ लाख नाघेको छ । बिहिबार मध्यान्न १२ बजे सम्म विश्वभरीमा ४ करोड ४७ लाख ७४ हजार ९३५ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन भने ११ लाख ७९ हजार २३२ जनाको मृत्यु भएको वल्डोमीटरले जनाएको छ ।
सङ्क्रमितमध्ये हालसम्म ३ करोड २७ लाख २७ हजार ७२१ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड ८ लाख ६७ हजार ९८२ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८१ हजार २७९ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या ९१ लाख २० हजार ७५१ पुगेको छ । हालसम्म कोभिड १९ संक्रमणबाट यहाँ ज्यान गुमाउनेको संख्या २ लाख २२ हजार १३० पुगेको छ ।त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८० लाख ४० हजार २३० जना सङ्क्रमित भएका छन भने १ लाख २० हजार ५६३ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५४ लाख ६९ हजार ७५५ जना सङ्क्रमित भएका छन भने एक लाख ५८ हजार ४६८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

