जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साँढे ४ करोड नाघेको छ । शुक्रबार विहान ११ः२० बजे सम्म विश्वभरीमा ४ करोड ५३ लाख ४७ हजार ५५० जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमीटरले जनाएको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ लाख ८६ हजार ३८८ पुगेको छ ।
सङ्क्रमितमध्ये ३ करोड २९ लाख ९५ हजार ८२० जना कोरोना संक्रमण मुक्त भइसकेका छन । हाल विश्वभरमा १ करोड ११ लाख ६५ हजार ३४२ जना संक्रमितहरुको उपचार भइरहेको छ । ति सङ्क्रमितमध्ये ८२ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा सङ्क्रमितको कुल संख्या ९२ लाख १२ हजार ७६७ पुगेको वल्डोमिटरले जनाएको छ । यहाँ कोभिड १९ संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार १७७ पुगेको छ ।
त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८० लाख ८८ हजार ८५१ जना सङ्क्रमित भएका छन भने १ लाख २१ हजार १३१ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५४ लाख ९६ हजार ४०२ जना सङ्क्रमित भएका छन भने १ लाख ५९ हजार ३३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

