ज्वरो आएमा, खोकी लागेमा, अरु बेला भन्दा फरक वा बढी वा जिउ दुख्ने वा जिउ गल्ने, आफूलाई कमजोर महसुस हुने, गन्ध वा स्वाद हराउने, पखाला चल्ने बित्तिकै पिसिआर परीक्षण गरिहाल्न अत्यन्त जरुरी छ ।
यसका कारणहरुमा
१.यदि सिकिस्त भएमा तुरुन्त उपचार गर्न पाइन्छ र अनावश्यक र सम्भवतः हानिकारक उपचार (जस्तैः एन्टिबायोटिक्स, १० थरी भिटामिन आदि) पनि गर्नुपर्दैन । लक्षण शुरु भएको ८—९ दिनमा अक्सिजन कम भएर सिकिस्त भएर अस्पताल आइपुग्दा पनि पिसिआर पहिल्यै नगरेको हुनाले फेरि पिसिआर पठाएर नतिजालाई थप १—२ दिन कुर्दा कुर्दै झन सिकिस्त भएर भेन्टिलेटर चाहिएको धेरै देखिसकियो ।
२. कोभिडमा ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण शुरुका केही दिनपछि धेरैमा हराउँछन् वा मत्थर हुन्छन् । अनि दोस्रो हप्तातिर एक्कासी ज्वरो आउने, स्वाँ स्वाँ बढ्ने, अक्जिन चाहिने हुनसक्छ । प्रायः बिरामीले १—२ दिन देखिएर लक्षण हराएपछि वास्ता गर्न छाडिदिन्छन् । पिसिआर गर्न आवश्यक ठान्दैनन् । तर जाँच गर्दा रोगको पहिचान हुने सम्भावना भने लक्षण शुरु भएको बेलातिर सबैभन्दा बढी हुन्छ, केही दिनमै पिसिआरको पहिचान गर्ने क्षमता धेरै घट्छ भने दोस्रो हप्तामा सिकिस्त भइसकेपछि परीक्षण गर्दा पोजेटिभ देखिने सम्भावना धेरै कम हुन्छ र सही उपचार नपाउने, गलत उपचार पाउने सम्भावना बढ्छ ।
३. मानौं तपाईं अस्पतालमा अक्सिजन चाहिने अवस्थामा पुग्नुभयो, तर पिसिआर भएको छैन । कोभिडको पुष्टी भइसकेकालाई अरु कोभिडका बिरामीसँग एउटै वार्ड वा कोठामा राख्न मिल्छ । तर कोभिडको शंका मात्र भएका तर पुष्टी नभएकालाई सँगै राख्न मिल्दैन । छुट्टै कोठामा एक्लै राख्नुपर्छ । नत्र सँगै राखिएका एकलाई कोभिड रहेछ र अरुलाई रैनछ भने अरुलाई पनि सर्ने खतरा हुन्छ । त्यसैले तपार्ईंलाई भर्ना गर्न एक्लै छुट्टै कोठा आवश्यक पर्छ जुन अचेल एकदम दुर्लभ छ । कोभिड वार्डमा जति बेड खाली भए पनि तपाईलाई राख्न मिल्दैन । त्यसैले कोभिडको लक्षण देखिनेले कम्तिमा पिसिआर चाँडो गरिहाल्न जरुरी छ ।
अनि चाँडो नतिजा थाहा पाउँदा आफ्ना परिवारका मान्छे र अरु सम्पर्कमा आएकालाई जोगाउन पनि उति नै सम्भव हुन्छ ।
(यो जानकारी डा. सुवेदीको ट्विटरबाट साभार गरिएको हो ।)
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ

