जनस्वास्थ्य सरोकार काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५०८ जना, भक्तपुरमा १३१ जना र ललितपुरमा २५९ जना थपिएका हुन ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज थप ४०९६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो सहित देशभर कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनासक्रमण मुक्त हुने दर ७६.७ प्रतिशत रहेको छ ।
नेपालमा वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘नर्स ज्योती रानाभाटको जीवन बचाऔं’: नर्सिङ समुदायमा बढ्दो ऐक्यबद्धता
मंगलबार, साउन १९, २०८३
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३ट्रेन्डिङ


