जनस्वास्थ्य सरोकार, काठमाडौँ । यो साता बिदेशमा ९६० जना नेपालीहरुलाई कोरोना सङ्क्रमण देखिएको छ । रोमानियमा ४५० सहित पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा गरि ९६० जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली सङ्घले जानकारी दिएको छ ।
विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताउनुभयो । तीमध्ये ३९ हजार ५६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको उहाँको भनाई छ ।
उहाँका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन । हालसम्म्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट न्यान गुमाइसकेका छन ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

