जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ४ करोड ६३ लाख नाघेको छ । आइतबार मध्यान्न १२ बजे सम्म विश्वभरीमा ४ करोड ६३ लाख ९४ हजार १३५ जना व्यक्ति कोरोना सङ्क्रमित भएको वल्डोमिटरले जनाएको छ । हालसम्म विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ४०३ पुगेको छ ।
सङ्क्रमितमध्ये हालसम्म ३ करोड ३४ लाख ८७ हजार ६६७ जना कोरोना मुक्त भएका छन । हाल विश्वभरमा १ करोड १७ लाख ६ हजार ६५ जना संक्रमितहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ८४ हजार २५५ जनाको अवस्था गम्भीर रहेको छ ।कोरोना भाइसरसबाट सबैभन्दा बढि प्रभावित अमेरिकामा कोरोना सङ्क्रमितको कुल संख्या ९४ लाख २ हजार ५९० पुगेको वल्डोमिटरले जनाएको छ । यहाँ हालसम्म कोभिड १९ संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख ३६ हजार ७२ पुगेको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको भारतमा ८१ लाख ८४ हजार ८२ जना सङ्क्रमित भएका छन भने १ लाख २२ हजार १४९ जनाको मृत्यु भएको छ । त्यस्तै तेस्रो धेरै प्रभावित भएको ब्राजिलमा ५५ लाख ३५ हजार ६०५ जना सङ्क्रमित भएका छन भने १ लाख ५९ हजार ९०२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

