[caption id="attachment_30563" align="alignleft" width="1800"]
सांकेतिक तस्बिर[/caption]
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पोखरा महानगरपालीकाले कोरोना संक्रमण भई स्वासप्रश्वासमा समस्या देखिएका बिरामीहरुको उपचारका लागि दुइ अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० श्यया र लेखनाथस्थित सङ्क्रामक रोग अस्पतालमा ३४ श्ययाका लागि अक्सिजन पाइप जडान गर्ने काम सुरु भइरहेको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिनुभयो ।
पोखरामा दिनप्रतिदिन कोरोना संक्रमण बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि १९ लाख रुपियाँ बजेट छुट्याएको छ ।

अक्सिजन पाइप जडानका लागि रु १० लाख र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल ९ लाख गरी कूल रु १९ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।'अहिलेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै दुइ अस्पतालका १०४ श्ययाका लागि अक्सिजन पाइप जडान गरेर र सङ्क्रमितको उपचारमा सहजता ल्याउने प्रयासमा लागेका छौँ ।'- उहाँले भन्नुभयो । महानगरको सहयोगमा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ७४ श्ययामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिनुभयो । अक्सिजनपाइप जडानले कोरोना सङ्क्रमितको उपचारमा सहज हुने उहाँको भनाइ छ । हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या सात हजार ७४० पुगेको छ । तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ