जनस्वास्थ्य सरोकार, बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९का ४८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१७ जयसपुरका ७० वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार ७० वर्षीया महिलालाइ असोज १३ गते कोरोना पोजिटिभ देखिएको थियो । भेरी अस्पतालमा असोज १२ गतेदेखि उपचारका लागि भर्ना भएकी उनको सोमबार बिहान मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

