जनस्वास्थ्य सरोकार, काठमाडौँ । अबदेखि कान्तिबाल अस्पतालमा पनि पिसिआर परीक्षण हुने भएको छ । काठमाडौं महानगरपालिकाले अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराएपछि यो सम्भव भएको हो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोमबार अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई उक्त मेसिन हस्तान्तरण गर्नुभयो ।यसअघि अस्पतालले पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदै आएको थियो । कतिपय अवस्थामा रिपोर्ट आउन ढिलाई हुँदा उपचार गर्न समस्या हुने गरेको थियो । पिसिआर मेसिन उपलब्ध भएसँगै कोरोनाको उपचार गर्न सहज हुने अस्पतालका निर्देशक डा. पौडेलको भनाई छ । उहाँका अनुसार उक्त मेसिन सञ्चालनमा आउन करिब १० दिन लाग्ने जति लाग्ने छ । ‘ छिटै प्राविधिक काम सकाएर परीक्षण सुरु गर्ने छौँ ।'-उहाँले भन्नुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३
निजी मेडिकल शिक्षण संस्थामा नयाँ सिट थप नगरिनेः प्रा.डा. गोविन्द केसीले तोडे अनशन
सोमबार, साउन ११, २०८३ट्रेन्डिङ
६


