जनस्वास्थ्य सरोकार, काठमाडौँ । अबदेखि कान्तिबाल अस्पतालमा पनि पिसिआर परीक्षण हुने भएको छ । काठमाडौं महानगरपालिकाले अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराएपछि यो सम्भव भएको हो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सोमबार अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई उक्त मेसिन हस्तान्तरण गर्नुभयो ।यसअघि अस्पतालले पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाउँदै आएको थियो । कतिपय अवस्थामा रिपोर्ट आउन ढिलाई हुँदा उपचार गर्न समस्या हुने गरेको थियो । पिसिआर मेसिन उपलब्ध भएसँगै कोरोनाको उपचार गर्न सहज हुने अस्पतालका निर्देशक डा. पौडेलको भनाई छ । उहाँका अनुसार उक्त मेसिन सञ्चालनमा आउन करिब १० दिन लाग्ने जति लाग्ने छ । ‘ छिटै प्राविधिक काम सकाएर परीक्षण सुरु गर्ने छौँ ।'-उहाँले भन्नुभयो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


