जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार कोभिड-१९ संक्रमित बिरामीसंग अस्पताल भर्ना हुनुअघि धरौटी रकम नलिने भएको छ ।
अस्पतालले सोमबार एक विज्ञप्ति निकाल्दै सबै वार्ड र काउन्टरलाई पत्राचार गरी धरौटी रकम नलिन निर्देशन दिइसकेको जनाएको छ । अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारीले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउन बञ्चित नगराइएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको अस्पतालले निशुल्क उपचार गर्ने छ । यस्तै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितलाई खाना, औषधी तथा ल्याव र अन्य उपलब्ध परीक्षणहरु निशुल्क गरिने व्यवस्था कायमै रहेको पनि जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

