जनस्वास्थ्य सरोकार, काठमाडौँ । चितवन जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ११६ जनाले ज्यान गुमाएका छन । ति मध्ये ६४ जना जिल्लाकै र अन्य १२ जिल्लाका रहेका छन ।
नेपाली सेनाको कालीबहादुर गण भरतपुरका अनुसार चितवनबाहेक नवलपरासीका १८ जना, मकवानपुरका १२ जना, रौतहटका ४ जना, सर्लाहीका ४ जना, तनहुका ३ जना, गोरखाका ४ जना, कैलालीका २ जना, बारा, रुपन्देही, गुल्मी, धादिङ र प्युठानका एक–एक जनाको जिल्लाका विभिन्न अस्पतालमा मृत्यु भएको छ ।
कालीबहादुर गण आफैले हालसम्म १०७ शवको व्यवस्थापन गरिसकेको जनाएको छ । बाकीँ सम्बन्धित जिल्लामा समन्वयन गरी अन्त्येष्टिका लागि लगिएको हो । जिल्लामा हालसम्म ५ हजार ९२३ जना संक्रमित भएका छन । ती मध्ये ६४ जनाको मृत्यु भएको छ ।चितवनले आफ्नो जिल्लाको मात्र नभएर छिमेकि जिल्लाका संक्रमितको पनि उपचार र शव व्यवस्थापन गरेको हुँदा मृतकको संख्या बढी हुन आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार संङ्घिय भरतपुर अस्पताल, दुई मेडिकल कलेज र निजी अस्पतालले समेत संक्रमितको उपचार गर्दै आएका छन । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी सङ्क्रमितहरु जटिल भएपछि यस जिल्लामा उपचारका लागि आउने गरेकाले मृत्यु सङ्ख्या बढी भएको बताउनुहुन्छ । पछिल्लो समय काठमाडौँ जानुभन्दा सहज उपचार चितवनमा हुने भन्दै छिमेकी जिल्लाबाट आउने क्रम बढेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

