जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरमा ६ हजार भन्दा बढि कोरोना संक्रमित निको भएका छन । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको सङ्ख्या छ हजार ३१६ पुगेको हो ।
अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ । यसैगरी जिल्लामा कूल कोभिड सङ्क्रमित सङ्ख्या आठ हजार ८१० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४१५ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताउनुभयो ।
यसैगरी ललितपुर महानगरपालिकामा कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या तीन हजार ८६१ र मृतकको सङ्ख्या ३५ पुगेको ¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरपालिकामा हालसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या पाँच हजार ४४२ पुगेको छ भने सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ५४६ पुगेको छ ।
त्यस्तै महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमणबाट मुक्त भई स्वास्थ्यलाभ गर्नेको सङ्ख्या ८०१ र मृतकको सङ्ख्या छ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले जानकारी दिनुभयो । अहिलेसम्म कूल कोरोना सङ्क्रमित सङ्ख्या एक हजार १५४ र सक्रिय सङ्क्रमित सङ्ख्या ३४७ पुगिसकेको उहाँको भनाई छ ।
गोदावरीमा आज बिहानसम्म डिस्चार्ज हुनेको सङ्ख्या ४३५ र मृत्यु हुने नगरवासीको सङ्ख्या सात पुगेको छ । त्यहाँ हालसम्म कूल कोभिड सङ्क्रमित सङ्ख्या ६३१ र सक्रिय सङ्क्रमित सङ्ख्या १८९ पुगेको नगरपालिकाले जनाएको छ ।
महाँकाल र कोञ्ज्योसोममा हालसम्म कुनै व्यक्तिले कोरोनाका कारण मृत्यु वरण गर्नुपरेको छैन तर वाग्मती वडा नं ६ आश्राङ निवासी ७० वर्षमाथिका एक जना पुरुषलाई कोरोना लगेर निधन भइसकेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले बताउनुभयो ।
महाँकालमा कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १४, सक्रिम सङ्क्रमित एक र कूल कोरोना सङ्क्रमति सङ्ख्या १५ पुगेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिनुभयो ।
कोञ्ज्योसोममा कोरोनाबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १०, सक्रिय सङ्क्रमित चार र हालसम्म गाउँपालिकामा कूल कोभिड सङ्क्रमति सङ्ख्या १४ पुगेको स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो।
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

