जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पत्नी सीताको उपचारका क्रममा निधन भएको छ। उहाँको आज विहान ६ः३० बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
महरा पत्नी सीतालाई श्वासप्रश्वासमा समस्या देखिएपछि पाँचदिन पहिले दाङबाट हेलिकप्टर चार्टड गरेर काठमाडौं ल्याइएको थियो। दसैँमा पुर्ख्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उहाँमा निमोनिया र कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षको हुनुहुन्थ्यो । उहाँको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँको दुई छोरा र दुई छोरी हुनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

