जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस संक्रमण घरघर पुगेको बेला सरकारले समुदायस्तरमा नमुना संकलन रोकेको छ ।
नमुना परीक्षणको शुल्क लिने र उपचार खर्च असुल गर्ने निर्णय गरेपछि स्थानीय तहले नमुन संकलन गर्न छाडेका हुन् । संक्रमित व्यक्तिको परिवारका सदस्यकै नमुना संकलन ठप्प भएकाले काठमाडौँ उपत्यकामा संक्रमण नियन्त्रण बाहिर जाँदैछ ।
यतिबेला काठमाडौँ उपत्यकामा संक्रमण ८० हजार नाघेको छ । ति मध्ये २५ हजार भन्दा बढी काठमाडौँ महानगरभित्रका छन् । महानगरमा ८ हजार २ सय भन्दा बढी सक्रिय संक्रमित रहेकामा ५ सय ८ जना अस्पतालमा उपचाररत छन् । साँढे ७ हजार भन्दा बढि संक्रमित होम आइसोलेसनमा छन । तर यतिबेला महानगरले संक्रमितसँग संक्रमण आएका व्यक्तिको पहिचान र नमुना संकलन भने रोकेको छ ।
असोज मसान्तसम्म महानगरले दैनिक ८ सयको हाराहारीमा नमुना संकलन गथ्र्यो । गत कात्तिक २ गते स्वास्थ्य मन्त्रालयले परीक्षणमा शुल्क लिने र उपचार खर्च बिरामी आफैले व्यहोर्नुपर्ने निर्णय सुनाएपछि महानगरले हात झिकेको हो । आफुले संकलन गरेको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परिक्षण नगरेपछि बाध्य भएन नमुना संकलन रोक्नुपरेको काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।संक्रमित व्यक्तिसंग सम्पर्क हुनेको पहिचान र नमुना संकलनको जिम्मेवारी स्थानिय तहको हो । तर यो जिम्मेवारी काठमाडौँ महानगरलेमात्र होइन अन्य स्थानिय तहले पनि निर्वाह गरेका छैनन् । समुदायस्तरमा नमुना संकलन ठप्प भएपछि लक्षणसहितका बिरामीले पनि परीक्षण गराउन छाडेका छन । यसले महामारी नियन्त्रणबाहिर जाने चिकित्सकको चेतावनी छ । कोरोना संक्रमित पहिचान गर्न सकिएन भने कोरोना समुदायस्तारमा व्यापक रुपमा फैलिने त्रिभुवन विश्वविद्यालयको डिन डा. राजेन्द्र कोजुले बताउनुभयो । 'कोरोना संक्रमण दिनहुँ बढिरहेको छ अझै बढ्ने सम्भाना छ ।' उहाँले भन्नुभयो-'संक्रमितको पहिचान भएन भने उसले अरुलाई सजिलै सार्न सक्छ ।' संक्रमितको संख्या बढ्दै गएपछि लक्षण भएका बिरामीका साथै मृत्युदर बढ्ने उहाँको भनाई छ । संक्रमण घरघरमै पुगेका सहरि क्षेत्रका घना बस्तीमै सरकारी तहबाट नमुना संकलन ठप्प भएपछि यसले रोकथामका लागि अहिलेसम्म गरिएको प्रयास खेर जाने देखिएको छ ।स्वास्थ्य मन्त्रालयले मंगलबार उपत्यकाका तिनै जिल्लाका स्वास्थ्य कार्यलय प्रमुख र स्थानिय जनप्रतिनिधीसँग छलफल गरी नमुना संकलन नरोक्न आग्रह गरेको मन्त्रालयको प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 'कस्ता व्यक्तिको नमुनासंकलन गर्ने भनेर हामी निर्देशित गर्छौँ ।' उहाँले भन्नुभयो- 'कोही व्यक्तिको इच्छाको आधारमा स्वाव संकलन हुँदैन । यसलाई नियन्त्रित गरेका छौँ ।' सरकारले कन्ट्रयाक ट्रेसिङ नगर्ने भनेर कुनै निर्णय नगरेको र सो कामले निरन्तरता पाउने उहाँको भनाई छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३ट्रेन्डिङ


