जनस्वास्थ्य सरोकार, काठमाडौँ । सप्तरी र हेटौंडाका थप दुई जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको विष्णपुर गाउँपालिकाको सिम्राहा गाउँकी २३ वर्षीया महिला र चितवनको भरतपुर अस्पतालमा हेटौंडा उपमहानगरपालिका ६ का एक ८२ वर्षीय वृद्धको मृत्यु भएको हो ।
सप्तरीकी महिलालाई बिरामी भएपछि शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको पीसीआर रिपोर्ट बुधबार पोजिटिभ आएको थियो ।
पिसाबमा समस्या भएपछि विराटनगरमा उपचार पश्चात निको भएर मृतक महिला राजविराज ९ मलेठस्थित माइत फर्किएकी थिइन् । शनिबार लगातार बान्ता भएपछि बिपी प्रतिष्ठान लगिएकी महिलाको बिहीबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
हेटौंडाका ८२ वर्षीय वृद्धमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

