जनस्वास्थ्य सरकोकार, काठमाडौँ । चितवनको भरतपुरस्थित कारागारका एक जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा कारागार कार्यलय पोखराबाट गत असोज २६ गते चितवन स्थान्तरण गरिएको एकजना कैदीमा संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाइएको छ ।
कर्तव्य ज्यान मुद्धामा कैदी जीवन विताउँदै आएका गोरखा खोप्लाङ्कका ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कार्यलय प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनलाई कात्तिक १४ गते कोरोना पुष्टि भएको थियो । यतिबेला उनको भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको कार्यलय प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
'पोखराबाट ल्याउँनुभन्दा पहिला उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।' काफल्लेले भन्नुभयो -'उपचारको क्रममा क्यान्सर अस्पतालमा पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।'कैदीमा कोरोना संक्रमण देखिएसंगै कारागारमा उच्च सर्तकता अपनाइएको उहाँको भनाई छ । 'सामान्य रुघाखोकी लागेकालाई छुट्टै क्वारेन्टीनमा राखेका छाँै । हाल ४६ जना क्वारेन्टीनमा छन् ।'उहाँले थप्नुभयो । अहिले कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उहाँको भनाई छ । यतिबेला संक्रमण जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको कार्यलय प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

