जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरले मुटु, फोक्सो र रक्तनलीको विशेष उपचारका साथै पठनपाठन र अनुसन्धान पनि अगाडी बढाउने भएको छ ।
११ वर्ष अघि स्थापना भएको सेन्टरले मुटु र फोक्सोका बिरामीको चापलाई मध्यनजर गर्दै महारजगञ्जस्थित आफ्नै परिसरमा अत्याधुनिक सुविधासम्पन्न एनेक्स भवन बनाएको छ । एक रोपनी क्षेत्रफलमा ९० करोड रुपियाँ भन्दा बढी लागतमा बनाइएको ७ तले भवनमा २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
सेन्टरले नेपालमै पहिलो पटक हाइब्रिड कार्डियो भास्कुलर शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । जसमा एकैपटक शल्यक्रिया र क्याथल्याबको काम गर्न सकिने सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले मुुटुमा स्टेन्ट राख्नुपरेमा क्याथल्यावमा गरिन्छ भने मुटुको बाइपास गर्नुपरेमा अपरेशन कक्षमा गरिन्छ । तर यस हाइब्रिड अपरेटिङ थिएटरमा एकैठाउमा मुटुको स्टेन्ट पनि हाल्न सकिन्छ र त्यहि मानिसको बाइपास गर्नुपर्ने भएमा सोहिसमयमा शल्यक्रिया पनि गर्न सकिन्छ । हरेक वर्ष ८० हजारभन्दा बढी मुटु, फोक्सो र रक्तनलीका बिरामीको उपचार गर्ने सेन्टरले अब अनुसन्धानका साथै पठनपाठन पनि गराउने भएको छ । यस्तै शल्यक्रियापछि डिस्चार्ज हुने बिरामीलाई सम्बन्धित चिकित्सकले भर्चुअल विधिबाट जाँच गर्ने ब्यवस्था मिलाइएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो । कोरोना भाइरसका गम्भिर बिरामी बढ्न थालेपछि सेन्टरले यसैसातादेखि २५ शैय्यालाई एच्डियो कोभिड युनिटका रुपमा सञ्चालन गर्ने भएको छ । मुटु र फोक्सोकोस्तरिय उपचारका लागि बिरामीले विदेश जानु नपर्ने सेन्टरको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ
बुधबार, माघ २१, २०८२ट्रेन्डिङ
