जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्ट सेन्टरले मुटु, फोक्सो र रक्तनलीको विशेष उपचारका साथै पठनपाठन र अनुसन्धान पनि अगाडी बढाउने भएको छ ।
११ वर्ष अघि स्थापना भएको सेन्टरले मुटु र फोक्सोका बिरामीको चापलाई मध्यनजर गर्दै महारजगञ्जस्थित आफ्नै परिसरमा अत्याधुनिक सुविधासम्पन्न एनेक्स भवन बनाएको छ । एक रोपनी क्षेत्रफलमा ९० करोड रुपियाँ भन्दा बढी लागतमा बनाइएको ७ तले भवनमा २५ वटा जेनरल शय्या, ४ वटा आइसियु शय्या, ११ वटा क्याविन र एउटा भिभिआइटी सुटको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।
सेन्टरले नेपालमै पहिलो पटक हाइब्रिड कार्डियो भास्कुलर शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको छ । जसमा एकैपटक शल्यक्रिया र क्याथल्याबको काम गर्न सकिने सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।उहाँका अनुसार अहिले मुुटुमा स्टेन्ट राख्नुपरेमा क्याथल्यावमा गरिन्छ भने मुटुको बाइपास गर्नुपरेमा अपरेशन कक्षमा गरिन्छ । तर यस हाइब्रिड अपरेटिङ थिएटरमा एकैठाउमा मुटुको स्टेन्ट पनि हाल्न सकिन्छ र त्यहि मानिसको बाइपास गर्नुपर्ने भएमा सोहिसमयमा शल्यक्रिया पनि गर्न सकिन्छ । हरेक वर्ष ८० हजारभन्दा बढी मुटु, फोक्सो र रक्तनलीका बिरामीको उपचार गर्ने सेन्टरले अब अनुसन्धानका साथै पठनपाठन पनि गराउने भएको छ । यस्तै शल्यक्रियापछि डिस्चार्ज हुने बिरामीलाई सम्बन्धित चिकित्सकले भर्चुअल विधिबाट जाँच गर्ने ब्यवस्था मिलाइएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो । कोरोना भाइरसका गम्भिर बिरामी बढ्न थालेपछि सेन्टरले यसैसातादेखि २५ शैय्यालाई एच्डियो कोभिड युनिटका रुपमा सञ्चालन गर्ने भएको छ । मुटु र फोक्सोकोस्तरिय उपचारका लागि बिरामीले विदेश जानु नपर्ने सेन्टरको दाबी छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



