जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस संक्रमित हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा समस्या देखिएको छ।
स्वास्थ्यमा समस्या आएपछि गत १९ कात्तिक बुधबार काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएका उहाँलाई गए रातिदेखि अक्सिजनको कमी र फोक्सोमा संक्रमण देखिएपछि थप उपचारका लागि आईसीयूमा राखिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य अवस्था गम्भीर नभएको तर जोखिम ननिम्तिओस् भनेर राम्रो रेखदेखका लागि आईसीयूमा राखिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिनुभयो । कलाकार गजुरेलले गएको १० कात्तिकमा आफू कोरोना संक्रमित भएको फेसबूक मार्फत सार्वजनिक गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

