जनस्वास्थ्य सरोकार, नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् । योसहित भारतमा संक्रमितको संख्या ८४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ ।
भारतमा अहिले ५ लाख २० हजार सक्रिय संक्रमित रहेका छन भने ७७ लाख ६५ हजार बढि संक्रमणमुक्त भइसकेका छन ।महाराष्ट्र राज्यमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार रहेको छ । यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ । कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ । भारतले हालसम्म ११ करोड ५४ लाख भन्दा बढिको नमूना परीक्षण गरिसकेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३ट्रेन्डिङ

